Sajhamanch Archive

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘आज गरिएको परीक्षणका क्रममा  कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन,’ उनले भने ।

चिकित्सकहरुको सल्लाहअनुसार कोइराला होम आइसोलेसनमा बसेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोधसमेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *