Sajhamanch Archive

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन by .

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् ।

रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको हो । एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ ।

रिया आज बयानका लागि एनसीबीमा पुगेकी थिइन् । उनी पुगेको केही घन्टापछि उनको गाडी फिर्ता गरिएको थियो । आज रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो । पहिलो दिन उनलाई ६ घन्टासम्म सोधपुछ गरेको थियो भने दोस्रो दिन ८ घन्टा सोधपुछ गरिएको थियो । यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो । रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *