Sajhamanch Archive

कोरोना महामारीमा २ हजार ४६ मानव अधिकारका घटना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

झापा । कोरोना महामारी शुरु भएयताका ५ महिनामा देशभर महिला हिंसा तथा मानव अधिकार उलंघनका २ हजार ४६ वटा घटना भएका छन् ।

शान्तिका लागि साझा अभियान (कोक्याप) ले प्रदेश २ का प्रदेश सभा सदस्य महिला तथा महिला अधिकारकर्मीसँगको भर्चुअल छलफलमा यो तथ्यांक सार्वजनिक गरेको हो ।

कोक्यापको तथ्याङ्क अनुसार प्रदेश नं २ मा सबैभन्दा बढी ४ सय ७० वटा महिला हिंसा तथा मानव अधिकार उलंघनका घटना भएका छन् । पर्सामा ८६, बारामा ४२, रौतहटमा ५३, सर्लाहीमा २९, महोत्तरीमा २८, धनुषामा १ सय, सिराहामा ६७ र सप्तरीमा ६४ वटा महिला हिंसा र मानव अधिकार उल्लंघनका घटना भएका हुन् ।

बागमती प्रदेशमा ४ सय ४४ वटा, प्रदेश नं १ र ५ मा ३ सय ६ वटा, गण्डकी प्रदेशमा १ सय ५२, कर्णाली प्रदेशमा १ सय ४३, सुदुरपश्चिम प्रदेशमा २ सय २५ वटा घटना भएका छन् ।

देशभर १ हजार २ सय १ हिंसात्मक घटना भएकोमा १ सय ९८ जनाको मृत्यु भएको छ भने ९ सय ६ जना घाइते भएका छन् । प्रदेश २ मा २ सय ९५ वटा हिंसात्मक घटनामा ८४ जनाको मृत्यु भएको छ भने ४ सय ८६ जना घाइते भएका छन् ।

प्रदेश २ मा लैंगिक हिंसाका मात्रै १ सय ११ वटा घटना बाहिरिएका छन् । २१ जना महिला मृत भेटिँदा, दाइजो नल्याएको निहुँमा तीन जना महिलाको हत्या भएको छ, घरेलु हिंसाका कारण ९ जना महिलाले ज्यान गुमाएकी छिन् । यौन दुव्र्यबहारका ८३ घटना र बलात्कारका ६८ घटना बाहिरिएको कोक्यापकी कार्यक्रम अधिकृत अर्पणा श्रेष्ठले जानकारी दिइन् ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *