Sajhamanch Archive

वीपीको समाजवाद नीतिलाई चन्द्रगढीमा सम्झना गरियो

Published: in राजनीति, विविधा by .

भद्रपुर । नेपाली कांग्रेसका संस्थापक नेता महामानव वीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेस भद्रपुर नगर समितिले विविध कार्यक्रम सम्पन्न गएको छ ।

काँग्रेस नगर समितिको आयोजनामा भद्रपुर १० चन्द्रगढी स्थित वीपी चौकमा रहेको कोइरालाको शालिकमा माल्यापर्ण तथा सरसफाई गरिएको हो ।

नगर उपसभापति ज्ञानबहादुर चौहानको सभापतित्व तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमनत्री कोइरालाको लोकतान्त्रिक समाजवाद स्थापनामा रहेको योगदानको स्मरण समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले विश्व राजनीतिमा प्रजातान्त्रिक समाजवादी नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको स्मरण गर्दै गरीवको उन्नतिका लागि वीपी चिन्तन अपरिहार्य रहेको बताएका छन् ।

नेता सिटौलाले सत्तामा रहनेले गरिब, दुखी, किशान, मजदुरको उन्नतिका लागि काम गर्न सक्ने सामथ्र्य नै वीपीको समाजवाद भित्रको सिद्धान्त रहेको प्रष्ट पारे ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलाले नेपाली राजनीतिमा प्रवेश गरेको विकृति अन्त्यका लागि पनि वीपीवादको विकल्प नरहेको स्पष्ट पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *