Sajhamanch Archive

एउटा पुलका कारण फेरिएको पूर्वीद्वारको मुहार

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by .

भद्रपुर । समृद्ध नेपाल सुखी नेपाली नारा सुन्ने मात्र होइन एउटा सानो समृद्धिले कति परिवर्तन गर्दो रहेछ भन्ने कुरा काँकरभिट्टा स्थित मेची पुल र एसियन हाइवेको एप्रोच सडकलाई हेर्दा प्रष्ट हुन्छ ।

सामान्यतया नेपाल सरकारबाट निर्माण सुरू भएका कुनै पनि संरचना १० वर्ष अगाडि पूरा भएको तथ्य भेटिदैन तर ३ वर्ष अगाडि भारतीय पक्षले निर्माण थालेको ६ लेनको क्षमता रहेको मेची पुल सम्पन्न हुँदा काँकरभिट्टा आन्तरिक पर्यटनको केन्द्र बन्दै छ । सहज वातावरण पश्चात सो पुल चल्दा व्यापारिक कारोवारमा निकै परिवर्तन आउने छ । जसले पूर्वी नेपालको समृद्धिमा एउटा इटा थप्ने निश्चित छ ।

वि.सं. २०७४ सालबाट औपचारिक रूपमा काम सुरू भएको काँकरभिट्टा स्थित मेची पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणको लागि सम्झौता गरेपछि निर्माण सुरू भएको सो पुलको ९० प्रतिशत बढी काम सम्पन्न भएको हो ।

६ लेन चौडाइ क्षमताको सो पुल ६ सय ७५ मिटर लामो रहेको छ । पुलमाथिको काम लगभग सकिए पनि एसिन हाइ वे अन्र्तगत डेढ किलोमिटर एप्रोच सडक निर्माणको कार्य अन्तिम चरण पुगेको जनाइएको छ । पुल र सडकको सम्बन्ध जोडिएयता नेपाल भारत प्रवेशद्वार काँकडभिट्टा पुग्दा नौलो ठाउँको अनुभूति हुन थालेको छ ।

सधैं भीडभाड र अव्यवस्थित आवागमन देखिने काँकरभिट्टा पानीट्यांकी सडकलाई नयाँ पुलले काँचुली फरिदिएको छ । ५ सय मिटर पहुँच मार्ग निर्माणका लागि पुराना संरचना सबै भत्काइएपछि बनिएका फराकिलो र चिटिक्क परेको सडक सवैको आकर्षणको केन्द्र बनिएको छ । यस बीचमा निर्माण पक्षले पुलदेखि काँकडभिट्टा बसपार्क क्षेत्रसम्म चार लेन सडक, ढलसँगै विद्युतीय पोल राख्ने काम सम्पन्न गरेको छ । साँझको समयमा बाटो वरिपरि राखिएका बत्तीले मनोरम दृष्य देखिने स्थानीयको भनाइ छ । नयाँ पुलसँगै काँकडभिट्टा क्षेत्रको संरचनात्मक काँचुली फेरिएको छ ।

एशियाली विकास बैंकको एक अर्ब तीन करोड ७८ लाख भारतीय रुपैँयामा निर्माण भएको पुलले अन्तर्राष्ट्रिय व्यापारमा ठूलो सहयोग पुग्ने झापाका उद्योगी व्यावसायीहरूको अपेक्षा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *