Sajhamanch Archive

झापामा समुदायका थपिए पाँच संक्रमित

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज पाँचजना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नं. ६ का २६ र ३२ वर्षीया दुईजना महिला, कनकाई नगरपालिका वडा नं. २ र ३ का १४ र २० वर्षीय दुईजना पुरुष र मेचीनगर नगरपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै जना स्थानीय रहेको उनले बताए । योसँगै झापामा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *