Sajhamanch Archive

एउटा झिंगा मार्ने चक्करमा घरै खरानी

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by .

फ्रान्समा एकजना व्यक्तिले केवल एउटा झिंगा मार्ने प्रयासमा आफ्नै घर जलाएका छन् । आगजनीबाट उनको घरमा ठूलो क्षति पुगेको छ र अधिकांश हिस्सा जलेको छ ।

फ्रान्सको दोर्दोनमा बस्ने करीब ८० वर्षका ती वृद्ध व्यक्ति बेलुकी खाना खाने बेलामा डाइनिङ रुममा एउटा झिंगा भन्भनाएपछि दिक्क भए ।

त्यसपछि उनले लामखुट्टेलगायतका स-साना किटपतंग मार्नका लागि प्रयोग हुने इलेक्ट्रोनिक र्‍याकेटको सहयोगले उक्त झिंगा मार्ने कोसिस गरे । तर त्यहीँ समयमा उनको घरमा ग्यास लिक भइरहेको थियो । ग्याँस चुहिरहेको बेला हावामा इलेक्ट्रोनिक र्‍याकेट चलाएपछि त्यहाँ विस्फोट भयो ।

विस्फोटमा उनको भान्साकोठाका साथै छत समेतमा ठूलो नोक्सानी पुग्यो । भाग्यवस उक्त घटनामा उनको ज्यान त जोगियो तर उनको हात भने नराम्रोसँग जलेको छ । अहिले उनी पालमा बसिरहेका र उनको घरको मर्मत भैरहेको बताइएको छ ।

 

बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *