Sajhamanch Archive

महाराष्ट्रका मुख्यमन्त्रीलाई कंगनाको कडा चुनौती

Published: in गीत/संगीत/मनोरञ्जन by .

बलिउड नायिका कंगना रनावतको करिब ४८ करोडमा बनेको अफिसमा बुधबार बिहान बीएमसीले डोजर चलायो ।

कंगनालाई भारतको केन्द्रिय सरकारले कडा सुरक्षा दिएको छ । उनी, कडा सुरक्षाकाविच बुधबार पौने ३ बजे मुम्बई पुगेकी थिइन् । मुम्बइको विमानस्थलमा कंगनाको समर्थक र विरोधीहरुले नारा लगाएका थिए । उनलाई भीआइपी गेटबाट बाहिर निकाल्न नसकेपछि सुरक्षाकर्मीले दोश्रो गेट प्रयोग गरेका थिए ।

उनी, विमानस्थलबाट सिधै खारस्थित आफ्नो घर पुगिन् । उनको सुरक्षाका लागि घर बाहिर ५० जना भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । घर पुगेर कंगनाले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई सिधै चुनौती दिइन् । उनले भनिन्–‘उद्धव ठाकेर । आज मेरो घर टुटेको छ । भोली तिम्रो घमण्ड टुट्नेछ । जय महाराष्ट्र ।’

उनले ठाकेरलाई चुनौती दिदै भनिन्–‘तिमीलाई के लाग्छ, फिल्म माफियाको साथ मिलेर मसँग ठूलै बदला लिए जस्तो लाग्यो । तिमीलाई मलाई ठूलै सहयोग गरेका छौ । मलाई थाहा थियो, कश्मिरी पण्डितको मनमा के चलिरहेको छ । म आज सबै भारतीय नागरिकसँग एउटा वाचा के गर्छु भने, अयोध्याको बिषयमा मात्र होइन, कश्मिरको बिषयमा पनि एउटा चलचित्र बनाउनेछु । मेरो देश र जनतालाई सचेत गराउनेछु । ठाकरे, यो क्रुरता र आतंक जुन मेरो साथमा भएको छ, यसले ठूलो अर्थ राख्छ । जय भारत ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *