Sajhamanch Archive

वीपी जयन्तीको अवसरमा बुद्धशान्तिका प्रसाईले दिए नेविसंघलाई टिर्सट

Published: (Updated: ) in राजनीति, समाज by .

बुद्धशान्ति । प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली काँग्रेसका नेता तथा साहित्यकार वीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा एक कार्यक्रम आयोजना गरि आज बुद्धशान्तिका युवा नेता तथा समाजसेवी सन्जिल प्रसाईले नेविसंघ बुद्धशान्तिलाई ५० पिस टिर्सट हस्तान्तरण गरेका छन् ।

नेविसंघ बुद्धशान्तिका कार्यवाहक सभापति रोसन भट्टराईको सभापतित्व, समाजसेवी प्रसाईको प्रमुख आतिथ्यता तथा नेविसंघ झापा संचार विभाग प्रमुख गोकुल पौडेलको विशिष्ट आतिथ्यतामा पार्टी कार्यालयमा भएको कार्यक्रममा विभिन्न  क्याम्पस इकाई समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नेविसंघ बुद्धशान्तिका कोषाध्यक्ष उमेश भट्टराईले महामानव वीपी कोइरालाले नेपाली राजनीतिमा दिएको योगदानको बारेमा चर्चा गरेका थिए । वीपीले देखाएको मार्गदर्शमा सबैजना हिँड्नु पर्ने बताउँदै टिर्सट हस्तान्तरण गर्ने प्रसाईलाई उनले धन्यवाद ज्ञापन समेत गरेका थिए ।

त्यस्तै, कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पौडेलले पनि टिर्सट सौजन्य गर्नुहुने प्रसाईलाई धन्यवाद ज्ञापन गर्दै नेपाली काँग्रेसमा आबद्ध केही नेता तथा कार्यकर्ताहरुले वीपीले देखाएको बाटो भुलेकाले सम्पूर्णलाई उनले देखाएको मार्गदर्शनमा अघि बढ्न अनुरोध समेत गरेका थिए । वीपी कोइराला राजनीतिज्ञ मात्र नभएर नेपाली साहित्यमा फ्रायडिय मनोविज्ञान भित्राउने साहित्यकार समेत रहेकोले उनले पु¥याएको योगदानलाई नेपाली जनताले भूल्नु नहुने समेत पौडेलले बताएका छन् ।

कार्यक्रममा बोल्दै समाजसेवी प्रसाईले वर्तमान अवस्थामा नेविसंघ बुद्धशान्तिले देखाएको सक्रियताले आफ्नो विद्यार्थीकालमा भएका विभिन्न घटनाहरु संझिएको बताए । बोल्दाबोल्दै केही भावुक समेत भएका प्रसाईले विद्यार्थी अवस्थामा नेविसंघका लागि प्रहरी प्रशासनको समेत वस्ता नगरि खटिएको स्मरण गर्दै विद्यार्थीकाल देखि सुरुभएको राजनैतिक यात्रा आगामी दिनमा पार्टी र नेविसंघका लागि संदै अग्रसर रहने समेत प्रतिबद्धता व्यक्त गरे ।

उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा सभापति रोसन भट्टराईले पनि समाजसेवी प्रसाईलाई धन्यवाद ज्ञापन गरेका थिए । अग्रजहरुबाट यसरी साथ सहयोग मिल्दै जादाँ नेविसंघ बुद्धशान्ति थप सक्रिय रहने बताउँदै पार्टी र देशका लागि आवाज उठाउन तथा कार्यक्रम गर्न नेविसंघ बुद्धशान्ति सँधै तयार रहेको उनले बताएका थिए ।

नेपाली काँग्रेस बुद्धशान्तिको सभाहलमा भएको कार्यक्रममा सीतारमेश क्याम्पस इकाई सभापति शेखर रिजालले मन्तव्यबाट स्वागत गरको कार्यक्रमको सञ्चालन नेविसंघ बुद्धशान्तिका सहसचिव राम भट्टराईले गरेका थिए ।

त्यस्तै नेविसंघ झापा जिल्लाको निर्देशन बमोजिम बुद्धशान्तिमा पनि साँझ दीप प्रज्वलन गरिएको छ । नेविसंघका जिल्ला प्रवत्ता सञ्जय निरौला, संचार विभाग प्रमुख पौडेल लगायतका विद्यार्थी नेताहरुको उपस्थितीमा बुधबारे तल्लो चौकमा दीप प्रज्वलन गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *