Sajhamanch Archive

८६ वर्षीया वृद्धामाथि बलात्कार

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । हरेक वर्ष भारतमा हज्जारौं–लाखौं बलात्कारका मुद्दा दर्ता हुने गर्छन् तर यीमध्ये केही यस्ता घटना छन् जसले थुप्रैले ध्यान आकृष्ट गरेका हुन्छन् । भारतको राजधानी दिल्लीमा यस्तै एउटा घटना सार्वजनिक भएको छ जसमा एक व्यक्तिले ८६ वर्षकी वृद्धामाथि बलात्कार गरेका छन् ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी आफ्नो घर बाहिर दुध ल्याउने व्यक्तिको प्रतिक्षा गरिरहेका बेला बलात्कार गर्ने व्यक्ति उनी भएठाउँ पुगेका हुन् ।

स्वाति मालिवालले भनिन्, ‘ती व्यक्तिले महिलालाई सधैं दुध ल्याउने व्यक्ति आज नआउने त्यसैले उनलाई दुध पाउन सकिने स्थानमा पुर्याइदिने बताइन् ।’

वृद्धाले उनलाई विश्वास गर्दै उनीसँगै गइन् । त्यसपछि ती व्यक्तिले नजिकैको खेतमा लगेर उनलाई बलात्कार गरे । उनी रोइरहिन् र आफूलाई छोडिदिनका लागि याचना गरिरहिन् तर ती व्यक्तिले सुनेनन् । उनले आफूलाई छुटाउने प्रयासमा ती व्यक्तिलाई कुटिन् पनि ।

त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *