Sajhamanch Archive

देवरको कुटाइबाट भाउजुको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ।

टेम्केमैयुङ गाउँपालिका वडा नं.५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटपछि डिलबाट हुत्याएर आफु घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण कुमार चन्दले जानकारी दिए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *