Sajhamanch Archive

कनकाईमा एउटै परिवारका ११ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

कनकाई । कनकाई नगरपालिकामा कोरोना संक्रमण दर तिब्र रुपमा बढ्न थालेको छ । कनकाई नगरपालिका वडा नं. ३ का एक घरमा एउटै परिवारका ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

एउटै परिवारका ११ जना सदस्यमा कोरोना देखिएको झापा पहिलो घटना भएको कनकाई नगरपालिका सुचना समितिका सदस्य लक्ष्मी अधिकारीले जानकारी दिए । कनकाई नगरपालिकाले कोराना संक्रमण न्युनकरणका लागि विभिन्न उपाय अपनाए पनि समुदायमा कोरोना संक्रमण दर उच्च देखिएको हो ।
संक्रमित परिवारमा १४ वर्षीय देखि ८४ वर्षीयसम्मलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

घरमा सबै संक्रमित भएपछि कनकाई नगरपालिकाले होम आसोलेसनमा बसेका सबैलाई खाद्य र स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।

कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने हालपनि पछिल्लोचोटी दुई दिनसम्म लगिएको स्वांवको रिर्पोट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । ।

हाल कनकाई नगरपालिकाको सबै स्वांव कोटीहोमस्थित पिसिआर मेशिनमा चेक गरिएको कारण रिर्पोट आउन ढिलाई भएको हो । कनकाईमै चेक गरेपनि त्यसलाई पुन चेकका लागि स्वांव धरान पनि पठाउनुपर्ने हुदा परिक्षणको रिर्पोट आउन ढिलाई भइरहेको कनकाई नगरपालिका स्वास्थ्य साखाले जनाएको छ । रिर्पोट आउन ढिलाई भएपनि स्वांव लिइएकाहरुलाई घरमै सुरक्षित राखिएको स्वास्थ्य साखाले जनाएको छ । कनकाइ अनलाइनबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *