Sajhamanch Archive

अमेरिकाले १ हजार बढी चिनियाँ विद्यार्थीहरुको भिसा रद्द गर्‍यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाण्डौ।अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । सुरक्षा जोखिमका कारण एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्का देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको जनाएको छ । यसबारे चीनले केही प्रतिक्रिया दिएको छैन ।

सन् २०१८ देखि २०१९ मा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा अनुमति पाएका थिए । चिनियाँ सेनासँग निकट सम्बन्ध रहेका विद्यार्थी र अनुसन्धानकर्तालाई अमेरिका प्रवेशमा कडाइ गर्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेका थिए।

अमेरिकाको एक राज्य विभागकी प्रवक्ताले भिसा रद्द गरिएका विद्यार्थीलाई उच्च जोखिमयुक्त स्नातक विद्यार्थी र अनुसन्धन विज्ञहरुु भनेर वर्णन गरेको छ । उनलेले भिसा रद्द गरिएकाहरु चिनियाँ विद्यार्थीहरुको कुल सङ्ख्याको सानो उपसमूह भएको बताउएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *