Sajhamanch Archive

भोजपुरमा फेरि थपियो लकडाउन 

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

भोजपुर । भोजपुरमा पुनः भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी, थुनुवासहित ८ जनामा कोरोना देखिएपछि थप सतर्कताका लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभरका खाद्यान्न र तरकारी पसल बिहान ६ बजेबाट ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार जिल्लाका सबै बजार पसल, अत्यावश्यकबाहेक सवारी सधान, निजी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, वित्तीय संस्था, बैंक, सहकारी, होटल लगायत पूर्ण रुपमा बन्द गरिने भएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *