सुनको मूल्य तोलाको ३ सयले घट्यो
Published:
by .काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ सय र चाँदी १५ रुपैयाँले सस्तिएको हो ।
छापावाल सुन बिहीबार ९६ हजार ८ सयमा कारोबार भएकामा शुक्रबारका लागि ९६ हजार ५ सय कायम भएको छ । तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा झरेको छ ।
चाँदी भने तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदीको मूल्य १३ सय २५ रुपैयाँ प्रतितोला कायम थियो ।
Comments