Sajhamanch Archive

दुई सातापछि गरिएको दोस्रो परीक्षणमा पनि मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजेटिभ

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेमा पुन: कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना संक्रमण भएको दुई सातापछि बिहीबार पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । घिमिरेको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएपछि स्वाब लिएर परीक्षण गर्न पठाएको सचिवालयले जनाएको छ ।

रुघाखोकी, जिउ दुख्‍ने लक्षणबाहेक डाइरिया, टाउको दुख्‍ने, ज्वरोजस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्‍नेतले बताएका छन् । मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य रहेको बस्‍नेतले जानकारी दिए ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघि देखि नै सामान्य लक्षण देखिएपछि भदौ १३ गते साँझदेखि होम आइसोलेसनमा थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *