Sajhamanch Archive

वीपीमा ओपिडी सेवा सुचारू हुने

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गर्ने भएको छ । एक महिनादेखि बन्द रहेको प्रतिष्ठानको ओपिडी सेवा प्रतिष्ठानले आइतबारदेखी सुचारु गर्न लागेको हो ।

अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सुचना जारी गर्दै आइतबार भदौ (२८ गते) देखि ओपिडी सेवा सञ्चालनमा आउने जानकारी दिए । स्थानीय, प्रदेश र संघीय सरकारले लकडाउन खुकुलो बनाउदै गएको कारण प्रतिष्ठानले पनि ओपिडी सेवा सुरु गर्ने निर्णय गरिएको अस्पताल निर्देशक डा.साहले बताए ।

डा.साहका अनुसार ओपिडी सेवालाई सुरक्षित र व्यवस्थित गर्नको लागि चाहिने पिपिई, आवश्यक सुरक्षा, सामाजिक दुरी, हातधुने लगायतको व्यावस्था गरिएको छ । प्रतिष्ठानमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि प्रतिष्ठानले साउन २८ गतेदेखि ओपिडी सेवा बन्द गरेको थियो ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *