Sajhamanch Archive

प्रहरीमा कोरोना संक्रमितको संख्या २,६४२ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । प्रहरीमा चार डीआईजीसहित २६ सय ४२ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ८६६ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

१२ सय चारजना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १४४ र काठमाडौं उपत्यकाका ७२२ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५४, प्रदेश २ मा ९२, वाग्मती प्रदेशमा ८२, गण्डकीमा ८१, प्रदेश ५ मा १०२, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *