तेजपत्ताको खेती गदैं आएका कृषकहरुद्धारा सरकार समक्ष गुहार
Published: (Updated: )
by .बाहुनडाँगी। झापाको मेचीनगर चारवटा वडाका व्यवसायिकरुपमा तेजपत्ताको खेती गदैं आएका कृषकहरुले बजार व्यवस्थापनका लागि सरकारलाई गुहारेका छन् ।
साविक बाहुनडाँगी गाउँ विकास समिति तथा हाल मेचीनगरको १, २, ३ र ४ नम्बर वडाका व्यवसायिकरुपमा तेजपत्ताको खेती गदैं आएका कृषकहरुले प्रमुख नगदेवालीको रुपमा रहेको तेजपत्ताले निक्कै राम्रो उत्पादन दिए पनि उचित बजार नपाएका कारण निक्कै आर्थिक नोक्शान व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
लामोसमयदेखि जंगली हात्तीको पीडा व्यहोदैं आएका साविक बाहुनडाँगी गाविसबासीले विकल्पमा पछिल्लो समय मुख्यः नगदेवालीकारुपमा तेजपत्ताको व्यवसायिक खेती शुरु गरेका छन् । धान, मकै, कोदो, सुपारीलगायतका बालीमा हात्तीले क्षति पुर्याउने थालेपछि अहिले त्यहाका स्थानीयवासीले त्यसको विकल्पमा तेजपत्ताको व्यवसायिक खेती शुरु गरेको कृषक रवि नेपालको भनाई छ ।
अहिले त्यसक्षेत्रका दर्जनौ किसानले खेतीयोग्य जमीन मासेर तेजपत्ताको व्यवसायिक खेती शूरु गरेका छन् । एकजना किसानले न्यूनतम एकसयदेखि दशहजार तेजपत्ताका विरुवा रोपेका छन् । जेठदेखि असोज अन्त्यसम्ममा विरुवा रोप्ने काम हुने र कम्तिमा २ वर्षदेखि उत्पादन शुरु हुने जेतपत्ताले विरुवा रोपेको ५ वर्षमा निक्कै राम्रो उत्पादन दिने गर्दछ ।
तर, उत्पादन दिए पनि बजार र अन्य झण्झटिलो प्रक्रियाका कारण किसानले अनावश्यक हैरान र आर्थिक व्ययभार व्यहोर्न बाँध्य हुनु परेको मेची उद्योग बाणिज्य संघका सचिव समेत रहनु भएका नेपालको भनाई छ ।
‘लामो समयदेखि जंगली हात्तीले आफुले लगाएका अन्नबाली घरमा थन्क्याउन नदिएकै कारण विकल्पमा तेजपत्ताको खेती शुरु गरिएपनि अहिले बजार नपाएका कारण हरेक किसान निराश बन्नु परेको अर्का किसान युवराज गिरीको भनाई छ ।
उसबेला संयौ किसान धान, मकै, कोदो, चिया सुपारीलगायतका अन्य खाद्यन्न बालीमा हात्तीले खाएर कुल्चिएर नष्ट गरी क्षति पुर्याउने गरेका कारण पीडीत बनेका थियौ तर, अहिले त्यसको विकल्पका रुपमा लगाएको तेजपत्ता खेतीले बजार नपाएका कारण र सरकारी पक्ष उदासिन र निष्क्रिय बनेका कारण थप पीडा व्योहोर्न बाँध्य बनेको गिरीको भनाई छ ।
समयमै सिचाईको उचित व्यवस्थापन नभए पनि दुख सुख तेजपत्ताको खेती राम्रै गरेपनि उत्पादन भएपनि राज्यको विक्री,भण्डारणमा झण्झटिलो प्रक्रिया, बजार अभावका कारण अहिले धेरै किसानले बाली मास्न थालेका छन् । अधिकाँश किसानले आफ्नो चिया बगानभित्र नै यसको खेती शुरु गरेका छन् । यसले चियाखेतीमा समेत धेरै फायदा पुग्ने अनुभव किसानले गरेका छन् । ‘तेजपत्ता आफैमा एउटा औषधिजन्य बस्तु हो ’ नेपालले भने—‘ यसको गन्धले चियामा लागने कीरा समेत भाग्छा । चियासँग पनि कीरासँग लड्ने क्षमताबृद्घि गराउँछ ।’
देशकै अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने कृषिक्षेत्रलाई सरकारी तवरबाट सहयोग गर्न जरुरी रहेको स्थानीय किसानहरुको छ । सरकार र सम्बन्धितपक्षले तेजपत्ताको बजार विस्तारलगायत निर्यात र विक्री भण्डारणमा देखिएको झण्झटिलो प्रक्रियाको अन्त्य गरी किसानको मागलाई समयमै सम्बोधन गर्न जरुरी पनि छ ।
Comments