Sajhamanch Archive

झापामा दुई स्वास्थ्यकर्मीसहित शुक्रबार १४ जना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोडका दुई स्वास्थ्यकर्मीसहित आज झापामा ९ महिला र ५ पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुने स्वास्थ्यकर्मीहरु बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको भएको जनाइएको छ । सो हस्पिटलका २३ वर्षिया एक महिला र ३२ वर्षिय अर्का पुरुष स्वास्थ्यकर्मीलाई कारोना पोजिटिभ देखिएको हो ।

त्यस्तै दमक नगरपालिका वडा नं. २, ७ र ९ का २५,३५ र ६६ वर्षका ६ महिला र ३ पुरुष गरी ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु दमकका स्थानीय हुन् ।

त्यसैगरी मेचीनगर नगरपालिका वडा नं १ र १० का २ महिला र एक पुरुष गरी तीन जनालाई संक्रमण देखिएको छ । ती संक्रमितमध्ये दुईजना भारतबाट फर्केका र एकजना स्थानीय भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *