Sajhamanch Archive

कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्टको शिलान्यास

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.९ स्थित कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्ट (खानेपानी प्रशोधन केन्द्र) को शुक्रबार एक कार्यक्रमका बीच  शिलान्यास गरिएको छ ।

विद्यालयका विद्यार्थी र आसपासका स्थानीयबासीमा शुद्ध पानीको पहुँच पु¥याउने उद्देश्यले वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न लागिएको हो । उक्त प्लान्टको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले शिलान्यास गरेका छन् ।

गैर सरकारी संस्था वर्क फर नेपालको ६ लाख रुपैयाँको लागतमा प्लान्ट निर्माण हुन लागेको हो । प्लान्ट निर्माण सम्पन्न भएपछि विद्यालयका करिब पाँच सय विद्यार्थी र आसपासका स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुने वर्क फर नेपालका उपाध्यक्ष केशव भण्डारीले बताए ।

उक्त शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं.१० का वडाध्यक्ष बलदेव गोम्देन तामाङ, वडा नं.९ का वडाध्यक्ष पुष्प प्रसाईं, सुखानी शहीद पार्कका व्यवस्थापक पुष्प तिवारी लगायतको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *