Sajhamanch Archive

बाग्लुङका बाढी पीडितलाई पलको सहयोग

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

कोरोना भाइरसको महामारी फैलिएपछि अभिनेता पल शाहले सामाजिक कार्यमा आफ्नो अग्रसरता देखाएका छन् । लकडाउनपछि फिल्ममा काम गर्ने प्राविधिकहरुलाई आर्थिक अभावका कारण विहान बेलुका हातमुख जोर्न पनि समस्या भएपछि पाँच लाख बराबरको खाद्यन्न सहयोग गरेका उनले गएको महिना कालिकोटका बाढी-पहिरो पीडित पनि राहत वितरण गरे ।

यसबीच, उनले बाग्लुङ पुगेर बाढीबाट प्रभावित घरपरिवारलाई खाद्यन्न तथा आर्थिक सहयोग गरेका छन् । आफ्नै हातबाट बाढी-पहिरो प्रभावितहरुलाई राहत सामाग्री वितरण गर्ने उनको योजना भने पूरा हुन सकेन । सडक मार्गबाट बाढी प्रभावित ठाउँमा जान असम्भव भएपछि ढोरपाटन नगरपालिकाका मेयर र वडाध्यक्षलाई पलले राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

सडक मार्ग विग्रिएको र स्थानीय सरकारको एकद्वार नीतिका कारण पीडितलाई नै राहत सामाग्री प्रदान गर्न नसकिएको पलले जानकारी दिएका छन् । गायक दुर्गेस थापासँग बाग्लुङ पुगेका उनले नगरपालिकाका मेयर र वडाध्यक्षहरुलाई प्रभावितहरुका लागि खाद्यान्न, सिरक–डसना र नगद ५० हजार हस्तान्तरण गरेका हुन् । उनी मंगलबार बाग्लुङ प्रस्थान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *