Sajhamanch Archive

विश्व हिन्दु महासंघलाई बुढाथोकीले दिए ५१ हजार

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । विश्व हिन्दु महासंघ झापाको भवन निर्माणका लागि युवा व्यवसायी प्रकाश बुढाथोकीले आर्थिक सहयोग गरेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं.३ बिराट पोखर परिसरमा निर्माण भएको महासंघको भवनलाई बिर्तामोड नगरपालिका वडा नं.९ उज्यालो चिन्तन चौतारीका सञ्चालक समेत रहेका बुढाथोकीले ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

बिर्तामोडमा आज आयोजीत एक कार्यक्रमका बिच युवा व्यवसायी बुढाथोकीले महासंघका अध्यक्ष मोहन उप्रेती र सदस्य पुन्यप्रसाद प्रसाईंलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । ३८ लाखको लागतमा निर्माण भएको २ तले भवन स्थानीयको सहयोगमा निर्माण भएको हो ।

परिसरमा मन्दिर, बगैँचासहितका संरचना बनाइएको छ । धार्मिक गतिविधि हुँदै आएको यो स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *