वीमा कम्पनीद्वारा लावती परिवारलाई ५ लाख बढी रकम हस्तान्तरण
Published:
by .कमल । शिवसताक्षी ८ को लावती परिवारलाई ५ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरिएको छ ।
वैदेशिक रोजगारीको क्रममा शिवसताक्षी ८ का सानुराजको मृत्यु भएपछि वीमा कम्पनीले सो परिवारलाई रकम हस्तान्तरण गरेको हो ।
आज युनियन लाइफ इन्स्युरेन्स कम्पनीका प्रदेश प्रमुख र एरिया जेनरल मेनेजर भुपराज पराजुली र उपप्रदेश प्रमुख ताराबहादुर दाहालले लावतीको घरमै गएर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
घरको आर्थिक अवस्था कमजोर भएर वैदेशिक रोजगारीमा गएका श्रीमानको उतै मृत्यु भएपछि पीडित बनेको परिवारलाई राहात मिलेको छ । इन्स्युरेन्सबाट प्राप्त रकम छोराछोरीको छोरा छोरीको पढाईमा खर्च गर्ने सुनराजकी श्रीमती शरद लावतीले बताइन् । उनले सुखी हुँदै त्यसबाट आएको रकम नानीहरुको खर्च गर्ने जानकारी दिएकी छिन् ।
Comments