Sajhamanch Archive

किम जोङको आदेशमा पाँच अफिसरलाई हानिएको थियो गोली

Published: (Updated: ) in विश्व समाचार by .

देशको अर्थव्यवस्थाबारे सवाल उठाउने पाँच अफिसरलाई किम जोङ उनले फासीको सजाय दिएको दक्षिण कोरियाली सञ्चारमाध्यम डेली एनकेले दाबी गरेको छ । समाचारअनुसार गत जुलाईमा एक डिनर पार्टीमा यी पाँच अधिकारीहरुले देशको अर्थव्यवस्थाबारे चर्चा गरेका थिए ।

यस दौरानमा उनीहरुले किमको शासनको नीतिहरुको पनि आलोचना गरेका थिए । उनीहरुले देशमा औद्योगिक सुधार आवश्यक रहेको बताएका थिए । उत्तर कोरियाले आफ्नो प्रतिबन्धलाई समाप्त गर्नका लागि विदेशी सहायता लिनुपर्ने उनीहरुको सुुझाव थियो ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उनीहरुले राखेको धारणाबारे किम जोङ उनलाई जानकारी दिइएको थियो । सर्वोच्च नेता किम अर्थमन्त्रालयका प्रमुख पनि हुन् । यस घटनापछि सबैसामु बोलाएर उनीहरुलाई ‘उत्तर कोरियाको शासन कमजोर बनाउन भूमिका खेलेको स्वीकार्न’ लगाइएको थियो । त्यसपछि ३० जुलाईमा उनीहरुलाई गोली हानेर मारियो । यी अफिसरका परिवारका सदस्यहरुलाई येडोकस्थित एक राजनीतिक शिविरमा पठाइयो ।

चीनबाट आउनेलाई गोली हान्ने आदेश

 किमले कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा पनि कडा नियन्त्रण राखेका छन् । छिमेकी चीनबाट सीमा क्षेत्र हुँदै उत्तर छिर्न खोज्नेहरुलाई गोली हान्नेसम्मको आदेश सुरक्षाकर्मीहरुलाई दिइएको छ ।

कोरोनाको कारण उत्तर कोरियाले गत जनवरीदेखि नै चीनसँगको सीमा क्षेत्र बन्द छ । उत्तर कोरियामा स्वास्थ प्रणाली कमजोर हुनका बाबजुद अहिलेसम्म कोरोना संक्रमणको एउटै पनि घटना दर्ता हुन पाएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *