Sajhamanch Archive

नेपाल आइडल दोश्रो संस्करण सुरु

Published: in टिप्स/जानकारी by .

काठमाडौं ।  एपीवान एचडीबाट प्रसारण भएको नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’को दोस्रो सिजनको प्रसारण बिहीबारबाट सुरु भएको छ ।इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु बिहीबार राति साढे ८ बजेबाट सुरु भएको हो ।

यो सिजनमा पनि अघिल्लो सिजनकै निर्णायक न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोतामातर्फत् रिमा विश्वकर्मासँग नयाँ अनुहार देख्न पाइने भएको छ ।

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ नाराका साथ सुरु भएको दोस्रो सिजनमा पनि पहिलो सिजनकै न्ह्यु बज्राचार्य, इन्दिरा जोशी, कालीप्रसाद बास्कोटा निर्णायक छन् । प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेल छन् भने निर्देशकद्वयमा एलेन श्रेष्ठ र लोकेश बज्राचार्य छन् ।

भैरहवा, धनगढी, वीरगन्ज, हेटौंडा, धरान, पोखरा र काठमाडौं अडिसनबाट छानिएका प्रतिस्पर्धीले आफ्नो गायन क्षमता प्रस्तुत गर्नेछन् । सिजन नयाँ, अवसर नयाँ, अनुभव नयाँ भन्ने मन्त्रसहित सुरु भएको यो सिजनमा सक्षम, प्रतिभावान् र यसको गरिमा कायम राख्न सक्ने व्यक्ति मात्र उपाधि विजेता बन्नुपर्छ भन्ने उद्देश्य लिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *