प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि विराटनगर महानगरको सेवा बन्द
Published:
by .विरानगर । विराटनगर महानगरपालिकाले प्रदान गर्दै आएको सेवा पाँच दिनका लागि बन्द भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको अत्यावश्यक बाहेक अन्य सेवा पाँच दिनका लागि बन्द भएको हो ।
आइतबार बिहान प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरेलको कन्ट्याक ट्रेसिङमा मेयर भीम पराजुली र महानगरका अन्य कर्मचारी पनि परेपछि विराटनगरको सेवा पाँच दिन बन्द गर्ने निर्णय भएको मेयर पराजुलीले बताए ।
२९ भदौबाट २ असोजसम्म रहने बन्दमा स्वास्थ्य, सरसफाई, वरुणयन्त्रसहित अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।
Comments