शिवसताक्षीकी एक सुत्केरी महिलामा कोरोना पोजेटिभ
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ की २३ वर्षीय सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ ।
उनी सुत्केरी गराउन पाँच दिन अघि नोवेल हस्पिटल विराटनगर गएकी थिइन् ।
संक्रमण देखिएपनि महिलाले बच्चा जन्माइसकेको शिवसताक्षी नगरपालिकाका क्वारेन्टाइन प्रमुख रोशन अधिकारीले जानकारी दिए । हाल आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।
उनलाई सुत्केरी गराउन अघि अस्पतालले पिसिआर परीक्षण गराएको थियो । संयोजक अधिकारीका अनुसार उनी घर आइसकेपछि होम आइसुलेसनमा बस्ने छिन् ।
Comments