Sajhamanch Archive

एनएमसीमा सदस्य शिक्षा कार्यक्रम अभियान सुरु

Published: in सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आर्थिक वर्ष २०७५/०७६ का लागि सदस्य केन्द्रित सदस्य शिक्षा तालिम सुरु गरेको छ ।

आफ्ना सदस्यलाई वित्तीय साक्षरताका साथै संस्था अन्तर्गतका नीति तथा कार्यविधि, राहतलगायतका कुरामा सहजीकरण गर्ने उद्देश्यले अभियानका रुपमा सञ्चालन गर्दै आएको सदस्य शिक्षा कार्यक्रम यसवर्ष पनि संस्थाले सुरु गरेको हो ।

यसैक्रममा आज शनिश्चरे र चारआलीमा सदस्य शिक्षा कार्यक्रम सञ्चालन भएको थियो । संस्थाको शनिश्चरेस्थित आफ्नै भवनमा सञ्चालन भएको सदस्य शिक्षा कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सदस्यको जीवनचक्र र एनएमसी विषयमा सहजीकरण गरेका थिए ।

सदस्यको जन्मदेखि मृत्युसम्म एनएमसीले खेल्दै आएको भूमिकाबारे सहजीरकण उपाध्यक्ष उप्रेतीले गरेका थिए । दुई सयभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा स्वागत शनिश्चरे कार्यालयगत समिति संयोजक धर्मानन्द गुरागाईँले गरेका थिए । संस्थाको वित्तीय कारोबार प्रस्तुतिका साथै कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।

यसैगरी एनएमसी चारआली कार्यालयको स्थानीय व्यवस्थापनमा मेचीनगर–१३ स्थित प्रगति महिला कृषि सहकारी संस्थाको सभाहलमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । हरिप्रसाद न्यौपानेले सदस्यको जीवनचक्र र एनएमसी विषयमा सहजीकरण गरेका थिए ।

एकसय ५० जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा सञ्चालन कार्यालयगत समिति सदस्य प्रेमप्रसाद पौडेलले र संस्थाको कारोबार झलक कार्यालय प्रमुख तेजकुमारी घिमिरेले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *