सातमध्ये एक आमालाई प्रसूतिपछि डिप्रेसन हुन सक्छ
Published: (Updated: )
by .नवजात शिशुको जन्मपछि आमाहरूले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ।शिशुको जन्मपछि निद्राको कमी, नयाँ जिम्मेवारी, वा स्तनको दुखाइ सामान्य हुन् । पोस्टपार्टम डिप्रेसन गर्भावस्था र बच्चाको जन्मसँग सम्बन्धित क्लिनिकल डिप्रेसनको गम्भीर रूप हो । भर्खर बच्चा जन्माएका दस हजार आमालाई समावेश गरिएको एउटा अध्ययनले सातमध्ये एक आमालाई प्रसूतिपछि डिप्रेसन हुने पत्ता लगाएको छ ।
बच्चा जन्माएपछि खुसी हुनु साथसाथै एक प्रकारको उदासिनता लाग्न सक्छ । बच्चा जन्मिएको पहिलो वर्षको कुनै पनि समयमा पोस्टपार्टम डिप्रेसन सुरु हुन सक्छ, तर जन्मेको पहिलो तीन हप्तामा यसको प्रभावहरू महसुस हुन सक्छ ।
बच्चासँग सम्बन्ध गाँस्न वा हेरचाह गर्न नसक्ने सोचाइका कारण पोस्टपार्टम डिप्रेसनबाट ग्रसित महिलाहरू दुखी, निराश र दोषी महसुस गर्न सक्छन् । पोस्टपार्टम डिप्रेसनले केवल पहिलो पटक भएका आमाहरूलाई मात्र नभएर दोस्रो वा अन्य बच्चाहरूको जन्मपछि पनि हुन सक्छ ।
हर्मोनका कारण पहिलाबाट डिप्रेसनको बिरामी, तनाव तथा विभिन्न समस्याका कारण पोस्टपार्टम डिप्रेसन हुने सम्भावना रहन्छ । उदासिनता, निराशा, बच्चाको हेरचाह गर्न वा दैनिक गरिरहेको कामहरू गर्न असमर्थ महसुस गर्नु, धेरै रुने, कहिलेकाहीँ कुनै वास्तविक कारण रुने, आफ्नो बच्चाको नजिक हुन समस्या आउन सक्छ ।
साथै, खानामा रुचि हराउनु, यौन, आफ्नो हेरचाह र अन्य चीजहरूमा चासो नलिनु, धेरै निद्रा नलाग्नु, ध्यान, सिकाइ वा सोचाइमा समस्या आउन सक्छ । डाक्टरको सहयताले पोस्टपार्टम डिप्रेसनको उपचार गर्न सक्छ । समयमा पत्ता लगाउन सके पोस्टपार्टम डिप्रेसनलाई औषधि र परामर्शले सजिलै उपचार गराउन सकिन्छ ।
Comments