Sajhamanch Archive

साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती

Published: in टिप्स/जानकारी by .

साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती

भारी गहना नलगाउनुहोस्ः

साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ ।

ब्लाउजको फिटिङः

साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै हुनुहुन्छ भने पनि ब्लाउजको फिटिङ सही हुनुपर्छ । धेरै नै लुज र धेरै टाइट ब्लाउजले तपाईंको लुकलाई बिगार्न सक्छ ।

सही स्थानमा साडी बाँध्नुहोस्ः

साडी कहिले पनि कम्मरभन्दा निकै माथि र निकै मुनी नलगाउनुहोस् । यसो गर्दा हाम्रो उचाई कम देखिनसक्छ ।

सही जुत्ताको छनोटः

साडीमा जुत्ता देखिँदैन भनेर मानिसहरुले साडी लगाउँदा जुत्तामा खासै ध्यान दिँदैनन् । तर साडीको रङसँग मिल्दोजुल्दो जुत्ता वा न्यूड रङको जुत्ता लगाउनुहोस् ।

मुजामा ध्यान दिनुहोस्ः

साडीमा सहज महसुस गर्नका लागि साडीको मुजामा विशेष ध्यान दिनुहोस् । मुजा धेरै पनि बनाउनु हुँदैन र थोरै पनि हुनु हुँदैन । साडीको पूरा लुक मुजाबाट नै आउने गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *