Sajhamanch Archive

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘लज्जावती झार’

Published: in गीत/संगीत/मनोरञ्जन by .

गायक महेश काफ्लेको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । ‘लज्जावती झार’ बोलको गीत युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको हो ।

‘लज्जावती झार’ बोलको महेशको प्रेमिल गीत गत सोमबार सार्वजनिक गरेका थिए । गीतमा अस्मिता अधिकारी र महेशको स्वर छ । गीतमा शब्द तथा संगीत पनि महेश स्वयंको छ ।

भिडियोमा महेश काफ्लेसँगै आँचल शर्मा र असिम शाह फिचर्ड छन् । हरि हुमागाईंले खिचेको भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका छन् भने आसिफ शाहले निर्देशन गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *