Sajhamanch Archive

सन नेपाल इन्स्योरेन्सले दियो विमीतलाई ५१ लाख ५० हजार रुपैयाँ

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

बिर्तामोड । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विमितको मृत्युपछि दाबी भुक्तानी रकम सम्बन्धित परिवारलाई सोमबार हस्तान्तरण गरेको छ ।

अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा सुनचाँदी व्यवसाय गरिरहेका सुजन रसाइलीले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाबाट गत मंसिर ४ गते ५० लाखबराबरको जीवन विमा गरेका थिए । विमावापतको पहिलो प्रिमियम बुझाएका उनको एक महिना १९ दिनपछि पौष २१ मा हृदयघातका कारण निधन भएको थियो ।

इन्स्योरेन्सले विमा भुक्तानी दाबी गरेअनुसार शनिश्चरे चोकमा एक अनौपचारिक कार्यक्रम गरी ५१ लाख ५० हजार रुपैयाँको चेक मृतकका आमा मनमाया रसाइली र श्रीमती रीना सुनारलाई हस्तान्तरण गरेको हो । इन्सुरेन्सका सहायक महाप्रबन्धक तुलसीनाथ पौडेल, बिर्तामोड शाखा प्रमुख विकास श्रेष्ठ, बरिष्ठ एजेन्सी मेनेजर प्रेमराज गिरी, रामप्रसाद घिमिरे, रुद्र निरौला लगायतले मृतकका परिवारलाई रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

विमा दावी भुक्तानी कार्यक्रममा एजेन्सि मेनेजर शिव धिमाल, इन्द्र गहतराज, इन्दिरा पौड्याल र सन्दिप बराल लगायतको उपस्थिति रहेको थियो । पुस महिनामा घटना भए पनि लकडाउनका कारण सम्बन्धित परिवारले आवश्यक कागजात जुटाउन नसक्दा रकम हस्तान्तरण गर्न ढिला भएको बरिष्ठ एजेन्सी मेनेजर रुद्र निरौलाले बताए । उनका अनुसार कागजात पूरा भएको १५ दिनभित्र परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सहायक महाप्रबन्धक तुलसीनाथ पौडेलले मृतआत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा भावपूर्ण समबेदना व्यक्त गर्दै यस्तो दुखद् घडिमा कम्पनीले सहजरुपमा दावी भुक्तानी गरि विमा प्रतिको जनविश्वास बढाँउदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधै विमितको साथ रहने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरि स्थानीय युवा व्यवसायी गोविन्द खतिवडाले विमा गर्नाले आफ्नो मात्र नभई आफ्नो परिवारजनको सुरक्षा राख्ने भनाई राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *