Sajhamanch Archive

बैंककी कर्मचारीसहित पाँच जनालाई कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । प्राइम बैंक काँकरभिट्टाकी एक महिला कर्मचारीसहित झापामा आज पाँचजनामा कोरोना संक्रमण देखिएको छ ।

प्राइम बैंक काँकरभिट्टा शाखामा कार्यरत मेचीनगर नगरपालिका वडा नं.६ की २२ वर्षिया महिला कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै भारतबाट फर्केर मेचीनगरको होटल क्वारेन्टाइनमा बसेका चार पुरुषमा पनि संक्रमण देखिएको छ । २०, २०, ४२ र ४९ वर्षका उनीहरु जिल्ला बाहिरका भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका नवीन बरालले बताए ।

भदौ २५ गते ६१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउँदा पाँच जनाको रिपोर्ट पोजिटिभ आएको उनले बताए । योसँगै मेचीनगरमा कोरोना संक्रमितको सँख्या १३१ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *