Sajhamanch Archive

जया र कंगनाको वाकयुद्ध

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

राज्यसभा सांसद तथा अभिनेत्री जया बच्चनले संसद् भवनमा केही मानिसका कारण सिंगो बलिउडको छविलाई दूषित गर्न नमिल्ने बताएपछि बलिउड अभिनेत्री कंगना रनावतले आक्रोश व्यक्त गरेकी छन् ।

उनले श्वेता र अभिषेक बच्चनको नाम लिँदै ट्विटरमा जयालाई सोधेकी छन्, ‘यदी मेरो ठाउँमा तपाईंकी छोरी हुन्थिन् र तपाईंको छोराले फाँसी लगाएको भए के यही भन्नुहुन्थ्यो ?’

कंगनाले लेखेकी छन्, ‘मेरो ठाउँमा तपाईंकी छोरी श्वेतामाथि हातपात हुन्थ्यो, ड्रग्स दिइएको हुन्थ्यो र शोषण गरिएको हुन्थ्यो भने के तपाईं यही भन्नुहुन्थ्यो ? अभिषेकले ह्यारेसमेन्टका कारण आत्महत्या गरेको भए तपाईं के गर्नुहुन्थ्यो ? थोरै त सहानुभूति देखाउनुहोस् ।’ सोमवार अभिनेता रवि किशनले संसद्मा बलिउडमा बढेको ड्रग्स प्रयोग र तस्करीको विषयमा बोलेका थिए ।

उनले भनेका थिए, ‘फिल्म इन्डस्ट्रीमा ड्रग्सको लत निकै छ । कयौं व्यक्ति पक्राउ परिसकेका छन् । एनसीबी एकदमै राम्रो काम गरिरहेको छ । म केन्द्र सरकारसँग अपिल गर्छु कि यसमा कडा कारवाही होस् र दोषीलाई सजाय होस् ।’ उनको बयानप्रति लक्षित गर्दै मंगलवार संसद् भवनमा अभिनेत्री जया बच्चनले जुन थालमा खायो सोही थालमा थुक्नु लाजमर्दो रहेको बताएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *