Sajhamanch Archive

२५ जना अट्ने डुंगामा १४ बाइकसहित ४० जना चढ्दा दुर्घटना, ११ को मृत्यु

Published: in विश्व समाचार by .

एजेन्सी । भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् ।

यो घटना बुधबार बिहान ९ बजेको हो। मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । यो डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस यहाँ चढेका थिए । यतिमात्रै होइन १४ वटा बाइक पनि राखिएको थियो । त्यसैले ओभरलोडका कारण डुंगा पल्टियो । घटनास्थलमा नदीको गहिराई ४० देखि ५० फिट थियो ।

घटनालगत्तै स्थानीयले यात्रुहरुलाई बचाउने कोसिस गरेका थिए । तर पानीको बहाव तेज भएका कारण केही मानिस बगेर बेपत्ता भए । प्रहरीका अनुसार उनीहरु कमलेश्वर धाम जाँदै थिए । यस दुर्घटनापछि घाइतेको उद्धार गर्ने क्रममा चार जना युवकले मिलेर कुल २५ जनाको ज्यान बचाएका छन् ।

उनीहरुका अनुसार डुंगावालाले धेरै मानिसलाई राख्न अस्विकार गरिरहेका थिए,तर मानिसहरुले जर्बजस्ती गरे । डुंगावाला पनि पौडेर बाँच्न सफल भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *