Sajhamanch Archive

विश्वमा संक्रमित संख्या तीन करोड नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by .

पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार तीन सय ८८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड १५ हजार पाँच सय ३० पुगेको हो । कोरोना संक्रमित नौ लाख ४४ हजार चार सय ८८ जनाको मृत्यु भइसकेको छ । एकै दिन छ हजार एक जनाले ज्यान गुमाए ।

दुई करोड १७ लाख ६९ हजार ३८ जना उपचारपछि निको भएका छन् । ७३ लाख दुई हजार चार जना उपचाररत रहेकोमा ६१ हजार दुई सय ४५ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा कोरोनाका कारण हालसम्म सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा संक्रमित संख्या ६८ लाख २५ हजार नौ सय ४५ पुगेको छ । २४ घण्टामा ३७ हजार सात सय ९८ नयाँ संक्रमित थपिए ।

हालसम्म दुई लाख एक हजार दुई सय ६७ जना संक्रमितले ज्यान गुमाइसके । एक हजार ७० जनाको एकै दिन ज्यान गयो । ४१ हजार तीन सय ८९ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख २१ हजार पाँच सय ८९ जना उपचाररत रहेकोमा १४ हजार एक सय ७० जनाको अवस्था गम्भीर छ ।

भारतमा संक्रमित संख्या ५१ लाख १५ हजार आठ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७ लाख आठ सय ५९ नयाँ संक्रमित थपिए । ८३ हजार दुई सय ३० जना संक्रमितको मृत्यु भइसक्यो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा एक हजार एक सय ३९ जनाले ज्यान गुमाए ।

संक्रमितमध्ये ४० लाख २२ हजार ४९ जना उपचारपछि निको भइसकेका छन् । १० लाख १० हजार छ सय १४ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा हालसम्म ४४ लाख २१ हजार छ सय ८६ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ३७ हजार तीन सय ८७ जना नयाँ बिरामी थपिए । ब्राजिलमा एक लाख ३४ हजार एक सय ७४ संक्रमितले ज्यान गुमाइसके । पछिल्लो २४ घण्टामा नौ सय ६७ जनाको मृत्यु भयो ।

संक्रमितमध्ये ३७ लाख २० हजार तीन सय १२ जनाको उपचार सफल भएको छ । पाँच लाख ६७ हजार दुई सय जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *