Sajhamanch Archive

सुनको मूल्य एकैदिन तोलाको ९ सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ?

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । सुनको मूल्य बिहीबार एकैदिन तोलाको ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ९६ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि ९ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज चाँदी पनि २० रुपैयाँ सस्तिएर १३ सय २० रुपैया प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *