Sajhamanch Archive

केही हप्ताभित्रै खोप वितरणका लागि तयार हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

केही हप्ताभित्रै खोप वितरणका लागि तयार हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ताभित्रै आमरूपमा वितरणका लागि कोरोना विरुद्धको खोप तयार हुने दाबी गरेका छन् ।

तर सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आम नागरिकमा खोप उपलब्ध हुनसक्ने बताउनुभएको छ । कोरोना भाइरसविरुद्धको खोप सुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने रेडफिल्डको भनाई छ ।

खोप उपलब्ध भए पनि त्यो समयमा सिमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने उनले बताए । कोरोना भाइरस विरुद्वको खोप बजारमा आउने बारे फरक फरक धारणा सार्वजनिक भएका छन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने गल्तीले अथवा द्विविधामा परेर सीडीसीका निर्देशकले त्यसो भनेको हुनसक्ने दाबी गरे ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले भने चुनावी फाइदाका लागि ट्रम्पले खोपको विषयलाई प्रयोग गरिरहेको टिप्पणी गरेको बीबीसीले जनाएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *