Sajhamanch Archive

२ सयभन्दा बढी कैदी जेलबाट फरार, तीनजनाको मृत्यु

Published: in विश्व समाचार by .

एजेन्सी । युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् । युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् ।

मारिएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ । बाइनले भने, “जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैँदीहरूको संयुक्त रूपमा खोजी गरिरहेका छन् ।” “बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्तीलाई रोकी पैदल गस्तीहरूलाई बढाएका छन् । खोजी जारी छ यस साताभरमा उनीहरू पत्ता लाग्नेछन्,” उनले भने ।

प्रवक्ता बाइनले भने, “फरार तथा मारिएका अधिकांश कैदीहरूलाई अवैध रूपमा हतियार राखेको अभियोगमा जेलमा राखिएको थियो । उनीहरूसँगबाट १४ थान बन्दूक र दर्जनौँ गोली तथा केही विस्फोटक पदार्थ बरामद गरिएको छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *