Sajhamanch Archive

पत्रपत्रिका वर्गिकरण नतिजा खारेज गर्न माग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

 काठमाडौं । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गिकरणको नजिता खारेज गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।

काउन्सिलले यही साउन २४ गते नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजामा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको  अारोप लगाउँदै युनियनले खारेज गरी पुनरावलोकन गर्न माग गरेको हो ।

‘पत्रपत्रिका र्दिइने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सिलको बोर्ड सदस्यहरुलाई नतिजा खारेज गरी पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।’ युनियनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

पत्रपत्रिका बितरण संपरीक्षण समितिको सिफारिसलाईसमेत लत्याउदै बोर्ड बैठकसमेत नबसी फरक नतिजा प्रकाशन गरिएको आरोप युनियनको छ ।

‘काउन्सिलको एकलौटी रुपमा सूचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्बजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौ ।’ युनियनको टिप्पणी छ ।

आमसञ्चार माध्यमहरु काउन्सिलको कोपभाजनमा परेको भन्दै युनियनले देश्ाभरका पत्रकारलाई साथमा लिएर आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *