Sajhamanch Archive

झापामा भोलिदेखि सिनेमा शिक्षा

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, by .

बिर्तामोड । कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले बिर्तामोडमा आइतबारदेखि फिल्म निर्माण सम्बन्धी एकहप्ते तालिम सुरु गर्ने भएको छ ।

फिल्म साक्षरता बढाउने र नयाँ जागरुक फिल्म निर्माता तथा स्टोरी राइटरलाई प्रोत्साहन गर्ने, फिल्म निर्माण सम्बन्धी शिक्षा दिने उद्दश्यले एकेडेमीले झापामा तालिम शुरु गर्न लागेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

बिर्तामोडमा साउन २७ देखि भदौ १ गतेसम्म सिनेमा शिक्षा प्रदान गरिने एकेडेमीका कार्यकारी प्रमुख प्रकाश पुरीले जानकारी दिएका हुन् ।

अहिलेसम्म उपत्यका बाहिर फिल्म सम्बन्धी शैक्षिक कार्यक्रम तथा वर्कशप लैजान नसकेको भन्दै यो कार्यक्रम प्रत्येक जिल्लामा सञ्चालन गर्ने एकेडेमी समूहले कार्यक्रम बनाएको कार्यकारी प्रमुख पुरीले बताए ।

बिर्तामोड, इटहरी, दाङ, हेटौडा, नारायाणघाट, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा साउन २७ देखि असोज १८ गतेसम्म हरेक स्थानमा एक हप्ते फिल्म निर्माण सम्बन्धी वर्कशप सञ्चालन गरिन लागेको हो ।

उपत्यकामा दिनको ३ घण्टाले एक महिना सञ्चालन गरिने कोर्ष ६ दिनमा दैनिक ७ घण्टाका दरले सञ्चालन गरिने पुरीले बताए । उनले तालिममा सहभागी प्रशिक्षार्थीबाट १० हजार रुपैयाँ शुल्क लिइने पनि जानकारी दिए ।

पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष तथा फिल्म निर्माता छविराज ओझाले फिल्म निर्माण सम्बन्धी चासो भएका जो कोहीले वर्कशपमा सहभागी हुन पाउने बताएका छन् ।

तालिमका लागि झापामा २० जना प्रशिक्षार्थी तयार रहेका एकेडेमीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *