Sajhamanch Archive

इटाभट्टामा सञ्चालनमा आयो गौतम सुज एण्ड गिफ्ट हाउस

Published: in लोकप्रिय, समाज by .

मेचीनगर । पछिल्लो समय युवा युवतीहरुको मागलाई मध्यनजर गर्दै झापाको मेचीनगरको केन्द्रबिन्दु इटाभट्टामा गौतम सुज एण्ड गिफ्ट हाउस सञ्चालनमा आएको छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै उक्त पसलको आज विधिगत रूपमा उद्घाटन गरिएको हो ।

झापाको मेचीनगर नगरपालिका वडा नंं.७ निवासी युवा व्यवसायी अर्जुन गौतमले करिब ५ लाखको लागतमा मेचीनगर नगरपालिका वडा नं.७ इटाभट्टा चोकबाट १०० मिटर उत्तरमा पसल सञ्चालनमा ल्याएका हुन् ।

आजबाट शुभारम्भ भएको उक्त पसलमा सम्पुर्ण किसिमका जुत्ता,चप्पल साथै आकर्षक गिफ्टहरु पाउन सकिने सञ्चालक गौतमले बताए ।

मेचीनगरका अन्य पसलको तुलनामा न्यून शुल्कमा होलसेल तथा खुद्रा मूल्यमा गुणस्तरीय सामाग्री उपलब्ध गराउने हेतुले पसल सञ्चालनमा ल्याएको गौतम बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *