Sajhamanch Archive

डाइनामिक युथ क्लबले मनायो संविधान दिवस

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । मेचिनगरस्थित डाइनामिक युथ क्लबले संविधान दिवसको अवसर पारेर मेचिनगर नगरपालिका वडा नं.१२ पाथिभरा चोकमा दिप प्रज्लवन तथा झण्डातोलन कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष दुशान्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा चारआली ट्राफिक इन्चार्ज राजकुमार बस्नेत,पाउँ पाथीभरा धाम सेवा समितिका सचिव यामनाथ बराल,मनकामना कलेज बिर्तामोडका क्याम्पस प्रमुख प्रेम भट्टराई, विचार चौतारी युवा क्लबका अध्यक्ष हरिकृष्ण भण्डारी लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन क्लबका महासचिव रबिन अधिकारीले गरेका थिए ।

वि.सं.२०७६ सालमा स्थापना भएको संस्थाले विभिन्न समयमा विविध कार्यक्रम गर्दै आएको क्लबका सचिव मनोज कोइराला बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *