Sajhamanch Archive

कुखुरा पालक कृषकलाई तालिम

Published: in राष्ट्रिय समाचार by .

कमल । पाँचथर र इलाममा रहेका कुखुरा पालक कृषकलाई कुखुरा पालन सम्बन्धि तालिम प्रदान गरिएको छ ।

पछिल्लो समयमा पशुपालन भन्दा कुखुरा पालनतर्फ कृषकको आकर्षण बढेसँगै यो व्यवसायमा संलग्न कृषकलाई नेपाल वेलहोप एग्रिटेक प्रा.लि विराटनगरले तालिम प्रदान गरेको हो ।

तालिमा चल्ला हुर्काउने विधि (ब्रुडिङ्ग), खोर व्यवस्थापन, कुखुरामा लाग्ने प्रमुख रोग र त्यसको उपचारका विषयमा डाक्टर गणेश बन्जराले सहजीकरण गरेका थिए।

त्यसैगरी कुखराको दानाको बनावट, दाना प्रयोग गर्ने विधि, मौसम अनुसार कुखुरालाई गर्नुपर्ने हेरचाहा लगायतका विषयमा कम्पनीका जनरल मेनेजर झाङ्ग जियाम्वोले प्रष्ट पारे ।

तालिम पाँचथरको फिदिम र इलाममा एक–एक दिन सञ्चालन गरिएको हो । । तालिमा सो क्षेत्रमा कुखरा पालन व्यवसायमा सम्लग्न १ सय ३५ जना भन्दा धेरै कृषकको सहभागी रहेको तालिम संयोजक तथा कम्पनीका विराटनगर शाखाका जनरल मेजेर डाक्टर विनोद गुप्ताले जानकारी दिए ।

छोटो समयमा धेरै आम्दानी हुने भएकोले यो व्यवसायतर्फ युवाहरुको बढ्दो आकर्षण हुन थालेको छ । पशुपालन भन्दा कुखुरा पालन गर्दा पार्ट टाईमका रुपमा पनि गर्न सकिने र आम्दानी पनि छिटो हुने भएकोले युवाको यसप्रति झुकाव बढ्न थालेको तालिममा सहभागी कृषकले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *