Sajhamanch Archive

डान्सर तथा अभिनेता किशोर अमन पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

भारतीय डान्सर तथा अभिनेता अमन शेट्टीसहित अर्का एक व्यक्तिलाई लागुऔषध सेवन र कारोबारको आरोपमा पक्राउ गरिएको छ । मंगलुरु सिटी प्रहरीले शनिबार यसबारे भारतीय सञ्चार माध्यमलाई जानकारी दिएको हो । शेट्टी तटीय क्षेत्रका एक चर्चित सेलिब्रिटी हुन् । उनले टिभी रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र बलिउड सुपरहिट फिल्म ‘एबीसीडी– एनिबडी क्यान डान्स’ मा अभिनय गरेर चर्चा बटुले । यो फिल्मलाई डान्स स्टार तथा निर्देशक प्रभुदेवाले निर्देशन गरेका थिए ।

शेट्टी ९३०० बाहेक, प्रहरीले अकिल नौशिल ९२८०लाई पनि कथित रुपमा सिन्थेटिक ड्रग एमडीएमए राखेको आरोप पक्राय गरेको छ । सिटी प्रहरी कमिश्नर विकास कुमार विकासले पत्रकारसँग भने, ‘सिसीबी प्रहरीले आरोपी (शेट्टी र वकिल) लाई आज बिहान पक्राउ गरेको हो । उनले मुम्बईबाट ड्रग्स खरिद गरेका थिए र मंगलुरुमा बेचिरहेका थिए ।’

प्रहरीले उनीहरुबाट एमडीएमए, एक मोटरसाइकल, दुई मोबाइल फोन जफत गरेको छ ।
एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *