Sajhamanch Archive

७० वर्षीय बृद्धद्वारा बालिका बलात्कृत

Published: (Updated: ) in समाज by .

अर्जुनधारा । एक सातामा अर्जुनधारा नगरपालिकामा दुईवटा बलात्कारका घटना भएका छन ।

चार वर्षीया बालिका बलात्कृत भएको एक साता नबित्दै शुक्रबार ७० वर्षीय एक बृद्धले नौ वर्षीया बालिकालाई कुखुराको खोरमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

आमाले सानोमा नै छाडेर अर्कैसँग गएको र बाबुले पनि अर्को महिलासँग विवाह गरेकाले ती बालिका हजुरआमासँग बस्दै आएकी थिइन् ।

बृद्ध मानबहादुर बानियाँले नौ वर्षीया बालिकालाई बलात्कार गर्दै गरेको स्थानीयले देखेपछि फरार भएका बृद्ध ३ किलोमिटर टाढा आफन्तको घरमा लुकेकोे अवस्थामा स्थानीयले भेटेका थिए ।

सो घरमा लुकेर बसेका बृद्धलाई जोगउन घरका मानिसले उनी नभएको बताए पनि स्थानीयले बलात्कारी लुकाउने घर धनी अझ बढी अपराधी भएको भन्दै घर घेरा हालेर प्रहरीलाई खबर गरेको स्थानीयले साझामञ्चलाई बताए।

अपराधीलाई प्रहरीको जिम्मा नलगाई त्यही मार्दिने भन्दै स्थानीय आक्रोसित भएपछि भीड नियन्त्रणमा लिन डिएसपी कृष्णप्रसाद कोइराला नेतृत्वको टोली खटिएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले बानियाँ र घरधनीसमेतलाई राति ९ बजे नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको छ ।

बालिकालाई राति नै स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल लगिएको छ ।
अर्जुनधारा नगरमा मात्र १० दिनमा ३ वटा बलात्कार का घटना भएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *