Sajhamanch Archive

जमिन भासिँदा ७ घर पूर्ण विस्थापित

Published: (Updated: ) in समाज, स्थानीय तह by .

धरान । धरान उपमहानगरपालिका २० स्थित विष्णुपादुकामा जमिन भासिँदा ७ घर विस्थापित भएका छन् ।

लगातारको गयराती करिब १२ बजे एक्कासी जमिन भासिँदा विष्णुपादुका स्थित आँपटारका ७ घर विस्थापीत भएको वडाध्यक्ष मणीराम राईले बताएका छन् । उनका अनुसार ९ घर परिवार रहेको उक्त स्थानका ७ घर परिवार पूर्ण रूपमा विस्थापित भएका छन् ।

लगातारको वर्षासंगै केहि समय अघिबाट जमिन चिरा पर्ने गरेको देखिएपनि यति ठूलो रूपमा क्षति हुन सक्ने अनुमान नगरिएको बताउदै वडाध्यक्ष राईले भने मानविय नभएपनि ७ घरमा बस्न नहुने गरी क्षति पुगेको छ । जमिन अझै लच्किने केम जारी नै छ । खानेपानी, बाटो, विद्युतकका पोल र तारहरूका पनि क्षती पुगेको छ । सर्दु खोलाको माथिल्लो भाग धस्किएकाले र जमिन फाटेकाले बालिनाली पुरै तहसनहस भएको छ ।

जमिन भासिँदा बस्तिलाल राई, सत्यकुमार राई, सवलमान राई, रामबहादुर राई, नन्दलाल यादव र रामबहादुर राईको घर पूर्णरूपमा क्षति भएको स्थानिय प्रेम कुमार राईले बताएका छन् । घर बस्नै नहुने अवस्थामा पुगेपछि घरभित्रका सामान तथा चौपाय शुरक्षित स्थान तर्फ सारिदै छ ।

वडाको विपद् व्यवस्थापन समितिले तत्काल गरिने सहयोग स्वरूप विस्थापित परिवारलाई ५० केजि चामल दाल तेल नुन लगायतको खाद्यान्न सहयोग गरको स्थानिय प्रेम कुमारले बताएका छन् । उनका अनुसार विस्तापित भएकाहरू मध्ये ५ परिवार नजिकै रहको फार्म संञ्चालकहरूको खाली घरमा रहेका छन् ।

वडाध्यक्ष राईले विस्थापीत भएका परिवारहरूलाई कहाँ राख्ने भन्ने समस्या देखिएको बताउँदै, नगरस्तरीय विपद व्यवस्थापन समिति, जिल्लाको समितिसँगै विभिन्न संघसंस्थाहरुलाई सहयोग एवं राहतको लागि पहल गर्ने बताएका छन् ।

यतिबेला उप–प्रमुख मञ्जु भण्डारी (सुबेदी)  सहित नगर स्तरिय विपत व्यावस्थापन समितिको टोली उक्त क्षेत्रको निरिक्षणमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *