Sajhamanch Archive

हल्दिबारीमा चिया सहकारीका सदस्यलाई तालिम

Published: in सहकारी by .

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको साना किसान चिया उत्पादक सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई हरियो चियापत्ती व्यवस्थापन सम्बन्धी आज शनिबार तालिम प्रदान गरेको छ ।

संस्थाका सञ्चालक सदस्य तथा हरियो चियापत्ती व्यवस्थापन समितिका संयोजक शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको सदस्य शिक्षा तालिमको सहजीकरण चिया तथा कफी विकास बोर्डका चिया प्राविधिक नविन कोइरालाले गरेका थिए ।

प्रशिक्षक कोइरालाले चियापत्तीको गुणस्तर र प्रशोधनमा हुनुपर्ने प्राविधिक ज्ञान बारेमा सहजीकरण गरेका थिए । यस्तै अर्का प्रशिक्षक सहकारी अभियन्ता तेजप्रसाद चौंलागाईंले सहकारी सम्बन्धी आधारभूत ज्ञान प्रवाह गरेका थिए ।

हल्दिबारी गाउँपालिका वडा नं. २ का अध्यक्ष राजेन्द्र योङहाङको प्रमुख आतिथ्यमा आयोजित सहकारी शिक्षा तालिम कार्यक्रममा संस्थाका अध्यक्ष हर्कबहादुर तामाङले संस्थाको कार्यप्रगतिका बारेमा चर्चा गरेका थिए ।

अध्यक्ष तामाङले संस्थाको भावी नीति तथा कार्ययोजनाहरुबारे सदस्यहरुलाई अवगत गराउँदै सुझाव प्रदान गर्न आग्रह पनि गरेका कार्यक्रममा सहभागी सन्तोष श्रेष्ठले साझामञ्चलाई बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *