नेकपा सचिवालय बैठक स्थगित
Published:
by .काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।’यसअघि आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।
Comments